पूर्व मुख्यमन्त्री कार्कीले फ्याके राजनीतिक बम, केन्द्रीय समिति भंग गर्न प्रस्ताव
नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की ले पार्टीको वर्तमान केन्द्रीय कार्यसमिति भंग गरी तत्काल ‘एकताको महाधिवेशन’मा जान प्रस्ताव गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले पार्टीलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन नियमित महाधिवेशनको विकल्प नभएको बताएका छन्।
उनले वर्तमान अवस्थाको जिम्मेवारी सभापति मात्र नभई पदाधिकारीहरूमा समेत रहेको दाबी गरेका छन्। नेतृत्वको बचाउ र आलोचनामै अल्झिएको भन्दै उनले पदाधिकारीहरूले पार्टी र देशका लागि स्पष्ट तथा सकारात्मक सन्देश दिन नसकेको आरोप लगाए।
“हिजो पनि आज पनि सभापतिको मात्र दोष होइन, पदाधिकारीहरू पनि त्यत्तिकै जिम्मेवार छन्,” कार्कीले भने, “समिति भंग गरौँ, संवाद गरौँ र एकताको महाधिवेशनतर्फ अघि बढौँ।”
उनले महाधिवेशन तयारी समिति गठन गरी नियमित ‘एकताको महाधिवेशन’मा गए मात्र पार्टीलाई सम्भावित संकटबाट जोगाउन सकिने धारणा व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस