Techie IT
२०८२ चैत्र ११, बुधबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार हिजो धारणा राख्न बाँकी सदस्यहरूले आज आफ्ना विचार प्रस्तुत गर्नेछन्।

हिजोको बैठक पार्टी सभापति गगनकुमार थापाले मन्तव्य राख्दै प्रारम्भ गरेका थिए। त्यसपछि महामन्त्री प्रदीप पौडेल ले ११ बुँदे एजेण्डा प्रस्तुत गरेका थिए।

उक्त एजेण्डामाथि हिजो २८ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए। धारणा राख्नेहरूमा डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ र रमेश धमला लगायत रहेका छन्।

त्यसैगरी दिपनकुमार श्रेष्ठ, बसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई र शिवबहादुर सुनारले पनि आफ्नो धारणा राखिसकेका छन्।

यसैगरी सूर्यबहादुर वि.क., दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह तथा प्रदेश सभापतिहरू—कृष्णप्रसाद यादव (मधेश) र इन्द्रबहादुर बानियाँ (बागमती) ले पनि हिजो नै आफ्ना धारणा प्रस्तुत गरेका छन्।

बैठकमा प्रस्तुत एजेण्डामाथि गहन छलफल जारी रहेको र आगामी निर्णयका लागि नेताहरूबीच आन्तरिक बहस तीव्र बनेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट