Techie IT
२०८२ चैत्र १३, शुक्रबार

प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न बालेनलाई ज्ञानेन्द्र शाहीको चुनौती


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र शाह (बालेन)लाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहीले बालेन शाहको आगमनसँगै देशमा नयाँ आशा पलाएको बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको संघर्षमा आफूले भोगेको पीडा स्मरण गर्दै अबको नेतृत्वले दोषीलाई कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका छन्।

शाहीले वि.सं. २०७६ साल जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि भएको साङ्घातिक हमलाको प्रसंग उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण ज्यान जोखिममा परेको बताएका छन्। “सांसदका रूपमा साढे दुई वर्षसम्म भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा पनि कार्यान्वयन हुन सकेन, तर अहिले आशा जागेको छ,” उनले भनेका छन्।

शाहीले छानबिन माग गरेका प्रमुख काण्डहरूमा लाउडा जहाज भ्रष्टाचार, वाइडबडी जहाज खरिद प्रकरण, सुडान घोटाला, लडाकु शिविर अनियमितता, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, सहकारी ठगी, सेक्युरिटी प्रेस खरिद, टेरामक्स प्रकरणलगायत २२ वटा मुद्दा समेटिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट