Techie IT
२०८२ चैत्र १७, मंगलबार

संसद् अधिवेशनअघि सर्वदलीय बैठक बस्दैँ : सभामुख चयनको प्रक्रिया आजैबाट सुरु हुँदै


संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै बैठक बोलाइएको हो। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि तय गरिएको छ।

संघीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभा बैठक सुरु हुनुभन्दा एक घण्टा अघि, अर्थात् बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्नेछ।

उक्त बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संसद् सचिवालयका अधिकारीहरूको सहभागिता रहनेछ।

आगामी प्रतिनिधिसभा बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउनेछ। साथै, परम्पराअनुसार राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्न सक्नेछन्।

यसपटकको प्रतिनिधिसभामा ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् भने एक जना स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो तथा नेकपा १७ सिटसहित चौथो दल बनेका छन्।

पहिलोपटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं स्थानमा रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौं दल बनेको छ भने महावीर पुन स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट