Techie IT
२०८२ चैत्र १९, बिहीबार

प्रलोपा अध्यक्ष परिषदबाट सुदन किरातीको राजीनामा: प्रभाकर पनि छोड्लान् प्रलोपा ?


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट सुदन किरातीले राजीनामा दिएका छन् । यसले प्रलोपाभित्र नयाँ तरंग पैदा गरेको छ।

गत मंसिर ७ गते गठन भएको अध्यक्ष परिषदमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल र ओजस्वी भट्टराई सदस्य रहेका थिए।

किरातीले केही दिनअघि नै राजीनामा दिएको कुरा अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले पुष्टि गरेका छन्। ‘उहाँले राजीनामा दिनुभएको छ,’ परियारले भने।

राजीनामाको कारणबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। परियारका अनुसार यसबारे औपचारिक जानकारी चाँडै विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।

किरातीको राजीनामापछि अध्यक्ष परिषदको बैठक बुधबार राति अबेरसम्म बसेको थियो। उक्त बैठकका निर्णयसहितको आधिकारिक विज्ञप्ति सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट