Techie IT
२०८२ चैत्र २२, आइतबार

उपसभामुख कसलाई दिने विषयमा रास्वपा नेतृत्वमा मतभेद


प्रतिनिधिसभाको उपसभामुख कुन दललाई दिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच मतभेद देखिएको छ।

आइतबार बिहान भएको छलफलमा प्रधानमन्त्री बालेनले उपसभामुख श्रम संस्कृति पार्टीलाई दिनुपर्ने धारणा राखेको बताइएको छ भने सभापति रवि लामिछाने राप्रपालाई दिनुपर्ने पक्षमा उभिएका थिए। सहमति नजुटेकाले आज बेलुकी पुनः छलफल बस्ने तयारी भएको स्रोतले जनाएको छ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसँग पनि रविको एक चरण कुराकानी भएको बुझिएको छ। संविधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भएकाले रास्वपाको शीर्ष नेतृत्वबीच गहिरो छलफल भइरहेको हो।

यता, सभामुखमा निर्वाचित रास्वपाका उपसभापति डीपी अर्यालले भने उपसभामुख नेकपालाई दिन सुझाव दिए पनि रवि र बालेन दुवै सकारात्मक नभएकाले नेकपाले पद पाउने सम्भावना कमजोर देखिएको छ।  भोलिको दिनमा संविधान संशोधन तथा राजनीतिक निर्णय गर्न सहज हुने भएकाले नेपाली कम्युनिस्ट पार्टीलाई उपसभामुख दिनुपर्ने पक्षमा अर्याल देखिएका थिए ।

स्रोतका अनुसार अब उपसभामुख श्रम संस्कृति वा राप्रपामध्ये एक दललाई दिने सम्भावना बलियो बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट