Techie IT
२०८२ चैत्र २८, शनिबार

६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको घोषणा


नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल “प्रचण्ड” ले ६ महिनाभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने बताएका छन्। पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले महाधिवेशनको मिति र प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनले सबै जनवर्गीय संगठनलाई एकताबद्ध गर्ने काम अन्तिम चरणमा पुगेको पनि बताए। समीक्षा बैठकपछि देशव्यापी रूपमा एउटै धारणा र दृष्टिकोणसहित प्रशिक्षण सञ्चालन गरिने उनको भनाइ छ।

प्रचण्डले पार्टीभित्र गम्भीर आत्मसमीक्षा गरेर संगठनलाई अझ सुदृढ बनाउनेमा जोड दिए। “समीक्षा गरेर जनतामाझ जाँदा र संगठन बलियो बनाउँदा कसैले चिन्ता गर्नुपर्ने छैन,” उनले भने, “हामीले परिस्थितिलाई फेरि अनुकूल दिशामा लैजान सक्छौँ।”

उनले विगतका निर्वाचन परिणाम अपेक्षाअनुसार नभएको स्वीकार्दै संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्धता दोहोर्‍याएका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट