वैशाख ४ मा कांग्रेस संसदीय दलको नेता चयन हुने, सहमति नभए चुनाव
नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख ४ गते चयन गर्ने भएको छ।
निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीका अनुसार वैशाख २ गते समिति बैठक बसेर कार्यतालिका सार्वजनिक गरिनेछ भने वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास गरिनेछ। सहमति जुट्न नसकेमा वैशाख ४ गते निर्वाचनमार्फत दलको नेता चयन गरिने तयारी गरिएको छ।
उनले पार्टीका शीर्ष नेताहरू हाल प्रदेशगत निर्वाचनको समीक्षा कार्यमा व्यस्त रहेकाले संसदीय दलको नेता चयन प्रक्रिया केही ढिलो भएको स्पष्ट पारे। फागुन २१ को निर्वाचन मा व्यहोरेको हारपछि कांग्रेसले देशव्यापी समीक्षा गरिरहेको छ।
दलको नेताका लागि भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य लगायतका सांसदहरू प्रतिस्पर्धामा देखिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस