Techie IT
२०८३ असार ६, शनिबार

Nepali Congress

कांग्रेसको सदस्यता नवीकरण गर्न वडा नजानेको सदस्यता खारेज हुने


नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसका सदस्यहरूले अनिवार्य रूपमा वडा तहमा पुगेर सदस्यता नवीकरण गर्नुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशको भालुवाङमा आयोजित ‘निर्वाचन समीक्षा’ कार्यक्रममा बोल्दै उनले वडा कार्यालयमा गएर सदस्यता अद्यावधिक नगर्नेहरूको सदस्यता कायम नहुने स्पष्ट पारे।

उनका अनुसार पार्टी विधानअनुसार सदस्यता लिएका व्यक्तिले वडा कार्यालयमै पुगेर शपथ लिनुपर्नेछ। क्रियाशील सदस्यताको फारम भरेपछि मात्र कांग्रेसको आधिकारिक कार्ड पाइने र फारम नभरनेहरूले महाधिवेशनमा भाग लिन नपाउने उनले बताए।

थापाले सदस्यता अद्यावधिक प्रक्रिया अनिवार्य रहेको उल्लेख गर्दै एकपटकका लागि यो व्यवस्था लागू गरिएको बताए। “अब कसैले यसलाई खारेजी भन्छ, कसैले अद्यावधिक तर विधानले भनेको एकपटक अद्यावधिक अनिवार्य हो,” उनले भने।

सभापति थापाले आफू वैशाख १ गते नै वडा कार्यालयमा गएर प्रक्रिया पूरा गर्ने जानकारी दिँदै अब पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापन गर्ने बताएका छन् । “अब नयाँ डिजिटल इन्फ्रास्ट्रक्चर बनेको छ, एकपटक अद्यावधिक भएपछि फेरि फारम भर्नु पर्दैन,” उनले स्पष्ट पारे।

उनलेे कसैको सदस्यता खोस्ने उद्देश्य नभएको दाबी गर्दै वैशाख २ गते पार्टीको कार्यसम्पादन समितिको बैठकबाट १०/१२ महत्वपूर्ण निर्णय गर्ने जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट