Techie IT
२०८३ असार ६, शनिबार

सबै मन्त्रालयलाई सरकारी सवारीको विवरण बुझाउन प्रधानमन्त्री कार्यालयको आदेश


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय तथा मातहतका निकायमा प्रयोग भइरहेका सवारी साधनहरूको विस्तृत विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठद्वारा पठाइएको पत्रमार्फत मन्त्रालयहरूलाई सवारी साधनसम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन भनिएको हो।

पत्रमा मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयमा प्रयोगमा रहेका तथा मर्मतमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण तयार गरी २०८३ साल वैशाख ३ गते कार्यालय समयभित्र पठाउन सचिवस्तरीय निर्णयअनुसार आग्रह गरिएको उल्लेख छ।

विवरण पठाउँदा सवारी साधनको ब्रान्ड, नम्बर, इन्धनको प्रकार (डिजेल, पेट्रोल वा विद्युतीय), प्रयोगकर्ताको नाम र पद तथा सवारीको वर्तमान अवस्था अनिवार्य रूपमा खुलाउनुपर्ने निर्देश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट