Techie IT
२०८३ वैशाख ५, शनिबार

नेपाली युवालाई लक्षित चिनियाँ दूतावासको ‘युवा पायोनियर कार्यक्रम’ सुरु, उत्कृष्टलाई चीन भ्रमणको अवसर


नेपालस्थित चिनियाँ दूतावासले नेपाली युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र व्यावसायिक विकासमा सशक्त बनाउने उद्देश्यसहित ‘चिनियाँ दूतावास युवा पायोनियर कार्यक्रम’ सुरु गरेको छ।

दूतावासका अनुसार युवा पुस्तालाई विभिन्न सीपमार्फत दक्ष बनाउँदै नेपालको सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने प्रभावशाली युवा सञ्जाल निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो। विशेषगरी २२ देखि ३४ वर्ष उमेर समूहका युवा पेशाकर्मी, सामाजिक कार्यकर्ता, उद्यमी तथा विभिन्न क्षेत्रमा सक्रिय युवाहरूलाई लक्षित गरिएको यस कार्यक्रमको अवधि एक वर्ष रहनेछ।

कार्यक्रम अन्तर्गत सहभागीहरूले नेतृत्व विकाससम्बन्धी विभिन्न तालिम, कार्यशाला तथा सामुदायिक गतिविधिहरूमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउनेछन्। साथै, सहभागीहरूले आफ्नो रुचि र दक्षताअनुसार कुनै सामाजिक विषय छनोट गरी कार्ययोजना तयार पार्ने र त्यसलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि पाउनेछन्।

यस कार्यक्रमको अर्को आकर्षण उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई चीन भ्रमणको अवसर प्रदान गरिनु हो। छनोट भएका युवाहरूले चीनमा भइरहेको विकास अभ्यासको प्रत्यक्ष अध्ययन र अनुभव हासिल गर्न सक्नेछन्।

कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरूलाई आगामी मे १७, २०२६ भित्र आवेदन दिन आह्वान गरिएको छ। प्राप्त आवेदनहरूको मूल्यांकनपछि १० देखि २० जना योग्य युवाहरूलाई अन्तिम छनोटमा पारिने दूतावासले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट