Techie IT
२०८३ असोज ११, आइतबार

चुनावी हारपछि कांग्रेसले बोलायो विस्तारित बैठक, सभापति थापाले विशेष सम्बोधन गर्ने


नेपाली कांग्रेसले काठमाडौँ जिल्लाको निर्वाचन परिणामबारे समीक्षा गर्न विस्तारित बैठक आह्वान गरेको छ। धुम्बाराहीस्थित सूर्य क्याटरिङमा आज दिउँसो १२ बजे बस्ने बैठकमा पार्टी सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

पार्टीका एक पदाधिकारीका अनुसार काठमाडौँ महानगरसहित जिल्लाभरका महानगर, नगर तथा सबै पालिकाका सभापतिहरूलाई बैठकमा बोलाइएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम पार्टीका लागि प्रतिकूल हुनुका कारणबारे गहन छलफल हुने उनले बताए।

बैठकमा काठमाडौँ महानगरसहित दक्षिणकाली, कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शंकरापुर नगरका सभापतिहरू तथा सम्बन्धित सबै बुथ कमिटीका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि खबर गरिएको छ। बैठकलाई सभापति गगन थापाले निर्देशनात्मक मन्तव्य दिने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट