Techie IT
२०८३ वैशाख ७, सोमबार

प्रधानमन्त्री शाह उपकुलपतिहरूसँग छलफल गर्दै


प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग उच्चस्तरीय छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, सुधारका उपाय तथा तत्काल समाधान गर्न सकिने विषयमा केन्द्रित छलफल हुने बताइएको छ। उच्च शिक्षा क्षेत्रमा देखिएका चुनौती र सुधारका सम्भावनाबारे ठोस निष्कर्ष निकाल्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन्। साथै नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू पनि उपस्थित रहनेछन्।

त्यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग प्रधानमन्त्री शाहले संवाद गर्नेछन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि बैठकमा सहभागी हुनेछन्।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट