Techie IT
२०८३ असोज ११, आइतबार

नेपाली कांग्रेसको दल नेता चयन प्रक्रिया स्थगित: सहमतिका लागि ७ सदस्यीय समिति गठन


नेपाली कांग्रेस का सहमहामन्त्री तथा दलको नेता चयन गर्ने निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले पार्टीको संसदीय दलको नेता शनिबार साँझसम्म सहमतिमा चयन हुने बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी दिँदै उनले सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए।

दलको नेता चयनका लागि उपसभापति विश्वप्रकाश शर्मा को संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। समितिमा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य छन्।

त्यसैगरी निर्वाचन समितिमा संयोजक स्नेहीसँगै मुना भुसाल र राजु कटवाल सदस्य रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट