Techie IT
२०८३ वैशाख १२, शनिबार

भारत भ्रमण गर्ने तयारीमा प्रधानमन्त्री वालेन


प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। 

भारत सरकारले औपचारिक रूपमा निम्तो दिइसकेको र प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गरिसकेको जनाइएको छ।
भ्रमणको संकेतसँगै परराष्ट्र मन्त्रालयले प्रारम्भिक तयारी अघि बढाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले यसअघि मोरिसस भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमण चाँडै हुने बताएका थिए। साथै, भारतका विदेशमन्त्री एस. जयशंकरसँगको भेटमा पनि यस विषयमा छलफल भएको थियो।

भ्रमण तयारीका लागि आवश्यक समन्वय गर्न भारतले चाँडै आफ्नो विदेश सचिवलाई नेपाल पठाउने संकेत दिएको छ। परराष्ट्रमन्त्री खनाल मोरिससबाट फर्किएपछि यस सम्बन्धी तयारी थप सक्रिय बनेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार हाल औपचारिक तयारीभन्दा प्रारम्भिक चरणमै काम भइरहेको छ। “प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रारम्भिक तयारी सुरु भएको छ, तर मिति भने अझै तय भएको छैन,” उनले भने।

मन्त्रालय स्रोतका अनुसार भ्रमणको रूपरेखा तय गर्न भारतबाट उच्चस्तरीय टोली नेपाल आउने सम्भावना छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ, जसलाई नेपाल–भारत सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट