प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको भन्दै सांसद पोखरेलविरुद्ध ओखलढुङ्गामा चर्कियो विरोध
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले हिजो एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको घटनाप्रति ओखलढुङ्गाका विभिन्न पेशागत सङ्घ–संगठनहरूले आपत्ति जनाएका छन्।
पाँच वटा संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै सांसद पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्।
हिजो भाइरल भएको एक भिडियोमा आफूलाई विद्यालयको गेटमा स्वागत गर्न नआएको भन्दै सांसद पोखरेलले प्रधानाध्यापकलाई थर्काएका थिए।
विज्ञप्तिमार्फत संगठनहरूले सांसद पोखरेललाई गलत अभिव्यक्ति र व्यवहारप्रति खेद प्रकट गर्दै तत्काल आत्मालोचना गर्न आग्रह गरेका छन्। साथै, आफू सम्मानको अपेक्षा गर्नेले अरूको मान–मर्यादा र सम्मानमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।




तपाईको प्रतिक्रिया दिनुहोस