Techie IT
२०८३ असोज ११, आइतबार

कांग्रेसभित्रको संकटमा गहिरो चिन्ता : डा. शेखर कोइरालाको बुद्धिजीवीसँग रणनीतिक छलफल


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग विस्तृत छलफल गरेका छन्। उनले आफ्नो सम्पर्क कार्यालय, विशालनगरमा आयोजना गरेको उक्त छलफलमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीभित्रको अवस्था तथा आगामी रणनीतिबारे विचार आदानप्रदान भएको थियो।

छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. विनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल तथा जेन–जी प्रतिनिधिका रूपमा अभिजित अधिकारी र करिना पुरीलगायतको सहभागिता रहेको थियो।

यसैगरी, छलफलमा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोखरेलसमेत सहभागी भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट