Techie IT
२०८३ वैशाख १४, सोमबार

नेकपाको संयोजन समितिको बैठक भोलि, नेतृत्व बाँडफाँटदेखि महाधिवेशन मितिसम्म ठूला निर्णय हुने


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस हुने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

नेता ज्वालाका अनुसार बैठकमा नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी, सचिवालय तथा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा महत्वपूर्ण प्रस्ताव प्रस्तुत हुनेछ। साथै, चुनावी समीक्षा र पार्टीको भावी रणनीतिबारे समेत निर्णय लिने तयारी गरिएको छ।

यसअघि चैत १९ गते बोलाइएको बैठकमा चैत २३ देखि २८ गतेसम्म संयोजक प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरूले लिखित तथा मौखिक धारणा राखेका थिए। वैशाख ३ गते बसेको बैठकमा उठेका प्रश्नको जवाफ संयोजक र सह–संयोजकले दिएका थिए। त्यसपछि निर्णय प्रस्ताव ल्याउने जिम्मेवारी दिइएपछि बैठक स्थगित गरिएको थियो।

नेतृत्व बाँडफाँटमा साबिक पार्टी संरचनालाई सन्तुलन मिलाउने गरी मापदण्ड अपनाइने बताइएको छ। जसअनुसार कुनै प्रदेशमा माओवादी केन्द्रले इन्चार्ज पाएमा एकीकृत समाजवादीले सह–इन्चार्ज पाउने र उल्टो अवस्थामा सोहीअनुसार जिम्मेवारी बाँडफाँट हुनेछ। यही आधारमा प्रदेश संयोजक र सह–संयोजक पनि तोकिनेछन्।

यस्तै, विभागीय संरचनालाई पनि पूर्णता दिने तयारी छ। एकता अघि माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेका ३२ वटा विभागलाई समायोजन गरी विभाग प्रमुख र उपप्रमुख तोकिनेछन्।

बैठकको अर्को महत्वपूर्ण एजेन्डामा चुनावी समीक्षा प्रतिवेदन अनुमोदन रहेको छ। प्रचण्डले पेस गरेको १० पृष्ठको प्रतिवेदन नेताहरूको सुझावका आधारमा पुनर्लेखन गरिने छ ।

यसैगरी, पालिका र जिल्लास्तरमा एकता तथा समायोजनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने तयारी छ। विधानअनुसार १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रस्ताव पनि बैठकमा आउने सम्भावना छ।

त्यसैगरी, जनवर्गीय संगठन (जवस/मोर्चा) को एकता, सदस्यता नवीकरण र एकता महाधिवेशनको मिति निर्धारण पनि यही बैठकले गर्न सक्ने बताइएको छ। नेतृत्वले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने संकेत दिइसकेको छ, जसका लागि वडा तहदेखि नै अधिवेशन प्रक्रिया अघि बढाइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट