Techie IT
२०८३ असोज १०, शनिबार

कोशीको मुख्यमन्त्रीमा किराँतीलाई अघि सार्ने हर्क साम्पाङको तयारी


प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीका रूपमा सुदन किराँती लाई अघि सार्ने तयारी गरेको संकेत दिएको छ। दुई दिनअघि औपचारिक रूपमा पार्टी प्रवेश गरेका किराँतीलाई अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै सार्वजनिक राय मागेका हुन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !”

उनको उक्त अभिव्यक्तिलाई किराँतीलाई आगामी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने संकेतका रूपमा हेरिएको छ। यसअघि पनि किराती श्रम संस्कृति पार्टीमा मुख्यमन्त्री बनाउने सहमतिसहित प्रवेश गरेको चर्चा राजनीतिक वृत्तमा चलेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट