Techie IT
२०८३ असोज १०, शनिबार

एमाले सचिवालय बैठक आज पनि, ओलीमाथि चर्को दबाब


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे सुरु हुने जनाइएको छ।

शनिबार नेताहरूको धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । बैठकमा उठेका प्रश्नहरूको जवाफ आज अध्यक्ष ओलीले दिने कार्यक्रम रहेको छ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेल सहित तीन उपमहासचिव र चार सचिवहरूले आफ्नो धारणा राखेका थिए।

शुक्रबार र शनिबार धारणा राख्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने माग गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट