सिंहदरबारमा प्रतिपक्षी दलहरूको रणनीतिक बैठक, संसदमा कडा प्रतिवाद गर्ने तयारी
प्रतिनिधि सभा बैठकमा दह्रो उपस्थिति र रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दलहरू सिंहदरबारमा सामूहिक छलफलमा जुटेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको हो।
आइतबार राति विपक्षी दलहरूको तीव्र विरोध र बेल घेराउका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली पारित गराएका थिए। सभामुखको उक्त कदम र आज (सोमबार) को संसद बैठकमा अपनाइने रणनीतिका विषयमा बैठक केन्द्रित रहेको बुझिएको छ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको आगामी आर्थिक वर्षको बजेट (आय-व्ययको विवरण) माथि छलफल गर्ने कार्यसूची रहेको छ। बजेट छलफलमा सरकारलाई कसरी घेर्ने भन्नेबारे विपक्षी मोर्चाले साझा धारणा बनाउने बुझिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस