Techie IT
२०८३ जेष्ठ २०, बुधबार

राष्ट्रिय सभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने, यस्तो छ कार्यसूची


राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक मध्यान्ह १२:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु हुने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।

त्यसैगरी, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

प्रस्ताव प्रस्तुत भएसँगै आजैको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

यसका साथै, अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट