Techie IT
२०८३ जेष्ठ ३०, शनिबार

कांग्रेस सदस्यता अद्यावधिकमा ६ लाख ८७ हजार सहभागी, ५ लाख ३८ हजारले पाए एनसीआईडी


नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा उल्लेख्य सहभागिता देखिएको छ। पार्टीले तोकेको समयसीमाभित्र ५ लाख ३८ हजार ६२२ सदस्यले एनसीआईडी (NCID) प्राप्त गरेका छन्।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार थप १ लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरी सदस्यता अद्यावधिक प्रक्रियामा सहभागिता जनाएका छन्।

कांग्रेसले सदस्यता अद्यावधिकका लागि शुक्रबार राति १२ बजेसम्मको समय दिएको थियो। अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये समयसीमाभित्र अद्यावधिक गरिसकेका वा प्रक्रियामा सहभागी भएकाको संख्या ६ लाख ८७ हजार ९३१ पुगेको छ।

पार्टीका अनुसार इन्टरनेट पहुँच सीमित रहेका उच्च हिमाली तथा दुर्गम पहाडी जिल्लाका केही क्षेत्र, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा अद्यावधिक प्रक्रियामा रहेका सदस्यहरूको विवरण थप व्यवस्थित गरिनेछ।

यता, नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्म खुला नै रहने कांग्रेसले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट