Techie IT
२०८३ असोज ११, आइतबार

रकमान्तर गरेरै भए पनि सीमामा तारजाली लगाउ : हर्क साम्पाङ


श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले सरकारको १ खर्ब रुपैयाँ बजेट रकमान्तर गरेर तत्काल सीमा क्षेत्रमा तारजाली लगाउन जोडदार माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद साम्पाङले सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै रकमान्तर गरेरै भए पनि तुरुन्त आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका उनले सीमा क्षेत्रमा वैदेशिक हस्तक्षेप र सेनासँग लड्ने नेपाली सुरक्षाकर्मीको अवस्था दयनीय रहेको औँल्याए। साम्पाङले मातृभूमिको रक्षाका लागि अग्रपंक्तिमा खटिने नेपाली सेना र सुरक्षाकर्मीको पोषण (पोषिलो खाना) र पोसाकका लागि तत्काल पर्याप्त बजेट छुट्याउन समेत सरकारसँग माग गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट