Techie IT
२०८३ असार ३, बुधबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिने


सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार बैठकमा युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित विभिन्न बजेट शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवाफ प्रस्तुत गरिनेछ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षकहरूमाथि भएको छलफलका क्रममा उठाइएका जिज्ञासाको समेत सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण दिनेछन्।

आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभामा जारी छलफल अन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम, बजेट विनियोजन तथा कार्यान्वयन योजनाबारे सांसदहरूले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट