Techie IT
२०८३ असार ४, बिहीबार

अर्थमन्त्री डा. वाग्ले आजै विनियोजन विधेयक पारितको प्रस्ताव लैजाने


सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ।

संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका जिज्ञासाको स्पष्टीकरण दिने कार्यक्रम छ।साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

बैठकमा सभामुखले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा २० जना सदस्यहरूले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। खर्च कटौतीको प्रस्ताव पेश गर्नेहरूमा कृपाराम राना, युवराज दुलाल, पार्वती विक, एशुदाकुमारी बराल, जोग कुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, मोहमद इस्तियाक राई, नीता घतानी, बलावती शर्मा, परशुराम तामाङ, विष्णुमाया वि.क., अर्जुनकुमार कार्की, यज्ञबहादुर बोगटी, नरेन्द्र कुमार केरुङ, ऐनबहादुर महर, रमेशकुमार मल्ल, पुष्प राज कंडेल, साजिदा खातुन सिद्धिकी र पद्माकुमारी अर्याल छन्।

व्यवस्थापन कार्य अन्तर्गत आजै विनियोजन विधेयक, २०८३ का विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। तत्पश्चात् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट