Techie IT
२०८३ असार १२, शुक्रबार

महामन्त्रीमा न्यौपानेको उम्मेदवारी, दीपक बोहरालाई प्रवक्ता बनाउने तयारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रमोद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। यता, पार्टी सभापति रवि लामिछानेका निकट मानिने दीपक बोहराले भने कुनै पनि पदाधिकारी पदमा उम्मेदवारी दिएका छैनन्।

पार्टीभित्रको प्रारम्भिक छलफलमा बोहराले महामन्त्री वा सहमहामन्त्रीमध्ये कुनै एक पदमा उम्मेदवारी दिने चर्चा भए पनि अन्ततः उनले कुनै पदका लागि मनोनयन दर्ता गरेनन् ।

पार्टी स्रोतका अनुसार सुरुमा प्रमोद न्यौपानेलाई पार्टी प्रवक्ता बनाउने तयारी गरिएको थियो। तर उनले नेतृत्वमा निर्वाचनमार्फत पुग्ने इच्छा व्यक्त गरेपछि महामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।

यससँगै दीपक बोहरालाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिने सम्भावना बढेको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा पार्टी नेतृत्वबीच छलफल जारी रहेकाले औपचारिक निर्णय भने भइसकेको छैन।

स्रोतका अनुसार दीपक बोहरा हालसम्म सरकारमा मन्त्री, संसदीय समितिको नेतृत्व वा अन्य कुनै प्रमुख जिम्मेवारीमा नरहेकाले उनलाई पार्टीको आधिकारिक प्रवक्ताको भूमिकामा ल्याउने विकल्पबारे नेतृत्वले सकारात्मक रूपमा छलफल गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट