Techie IT
२०८३ असार २१, आइतबार

निजी क्षेत्र त्रासमा छ, सरकार केही व्यक्ति पक्राउ गरेर स्टन्टबाजीमा मस्त छ - सभापति थापा


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको सय दिने कार्यकालको मूल्यांकन गर्दै वर्तमान सरकार जनताको 'लाइफ' (जीवन) भन्दा आफ्नो पक्षमा आउने 'लाइक' (प्रशंसा) मा केन्द्रित भएको टिप्पणी गरेका छन्।

आज आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले सरकार भर्चुअल ताली र सामाजिक सञ्जालको सस्तो लोकप्रियतामा रमाइरहेको आरोप लगाए। उनले जनताको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने काम गर्नुको सट्टा आफ्नो पक्षमा कति 'लाइक' आउँछ भन्ने कुरामै सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको दाबी गरे। "अहिलेको सरकार केही व्यक्तिहरूलाई पक्राउ गर्ने र त्यसैलाई ठुलो उपलब्धिका रूपमा देखाएर रमाउने काममा मात्रै सीमित छ," थापाले भने।

सभापति थापाले वर्तमान सरकारले देशमा व्यापक भय र त्रासको वातावरण निर्माण गरेको भन्दै नागरिकहरू बोल्न समेत डराउनुपर्ने अवस्था सिर्जना गरिएको बताए।

विशेष गरी निजी क्षेत्रलाई नियोजित रूपमा त्रासमा पारिएको र देशमा नयाँ लगानी गर्ने कुनै वातावरण नरहेको उनको भनाइ छ। उद्योगी–व्यवसायीहरू असुरक्षित महसुस गरिरहेकाले अर्थतन्त्र थप संकटतर्फ धकेलिने खतरा रहेको औँल्याउँदै थापाले सरकारले पक्राउ पुर्जी र आतंकको राजनीति गरिरहेको आरोप लगाए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट