Techie IT
२०८३ असार २७, शनिबार

“सुदन गुरुङ मेरो देशको गृहमन्त्री हो भन्न पनि लाज लाग्छ” - विश्लेषक खनाल


राजनीतिक विश्लेषक मुमाराम खनालले वर्तमान गृहमन्त्री सुदन गुरुङको कार्यशैली र अभिव्यक्तिमाथि तीव्र असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै खनालले गुरुङ आफ्नो देशको गृहमन्त्री हो भन्न पनि लाज लाग्ने स्थिति बनेको आरोप लगाएका हुन् ।

गृहमन्त्री गुरुङको पछिल्लो भूमिकासँग लक्षित गर्दै विश्लेषक खनालले उनको अभिव्यक्तिका कारण नेपाली नागरिक मात्र नभई विदेशी नियोगहरू समेत अचम्ममा परेको दाबी गरे । उनले गृहमन्त्रीको शक्तिको स्रोतमाथि समेत प्रश्न उठाएका छन् ।

खनालले फेसबुकमा लेखेका छन्:- "आज यो ठेउके गृहमन्त्री– जो मेरो देशको गृहमन्त्री हो भन्न पनि लाज हुन्छ, उसको कुरा सुन्दा कुनै नेपाली नागरिक मात्र होइन, सबै विदेशी नियोग समेत आश्चर्यचकित हुन्छन्। यसको खास शक्ति के होला? पानी वा टोपी? सरी, पानी वा टीओवी?"

पछिल्लो समय देशमा विकसित भएका विभिन्न घटनाक्रम र गृह प्रशासनको फितलो उपस्थितिलाई लिएर सडकदेखि सामाजिक सञ्जालसम्म सरकार र गृह नेतृत्वको तीव्र आलोचना भइरहेका बेला विश्लेषक खनालको यो तिखो टिप्पणी बाहिर आएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट