सस्तो स्टन्टले देश बन्दैन, अब जनताले रोजगारीको हिसाब माग्ने दिन आयो: नायिका अधिकारी
लोकप्रिय नायिका केकी अधिकारीले सरकारलाई प्रचारमुखी र सस्तो 'स्टन्ट' मा नअल्झिन कडा चेतावनी दिएकी छिन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारलाई सस्तो लोकप्रियता भन्दा वास्तविक रोजगारी सिर्जना र जनजीविकाका सवालमा केन्द्रित हुन आग्रह गरेकी हुन्।
देशमा बढ्दो बेरोजगारी र युवाहरूको निराशाप्रति लक्षित गर्दै उनले अब जनताले सरकारसँग कुरा होइन, कामको हिसाब माग्ने बेला आएको उल्लेख गरेकी छिन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्:- "हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो? कतिले रोजगारी पाए? अब जनताले सोध्ने दिन आयो। खै, रोजगारीको प्रत्येक दिनको उपलब्धिको सूची राखौँ बरु। त्यस्तो कामले चाहिँ पक्कै देश बन्ला, जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन!"
नायिका अधिकारीले सरकारको काम गर्ने शैली केवल सस्तो प्रचारबाजीमा मात्रै सीमित भएको भन्दै जनजीविकासँग प्रत्यक्ष जोडिएका ठोस कामलाई प्राथमिकतामा राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। पछिल्लो समय सेलिब्रेटीहरू सामाजिक र राजनीतिक विकृतिविरुद्ध सामाजिक सञ्जालमार्फत खरो रूपमा उत्रिने क्रम बढ्दो छ।




तपाईको प्रतिक्रिया दिनुहोस