Techie IT
२०८३ श्रावण १६, शनिबार

दिवंगत आरोहीप्रति प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली


प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले आज अपराह्न सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको हो।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा पुर्जासहित ६ जना नेपाली र ४ जना विदेशी आरोहीले ज्यान गुमाएको दुःखद घटनाप्रति प्रधानमन्त्री शाहले गहिरो स्तब्धता व्यक्त गर्नुभएको छ। उहाँले आरोहीहरूको भौतिक यात्रा समाप्त भए पनि उनीहरूको साहस, समर्पण र योगदानको गाथा इतिहासमा सदैव प्रेरणादायी रूपमा जीवित रहने उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहले आफ्नो शोक सन्देशमा निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन् ।

पर्वतारोहणलाई केवल शिखर चुम्ने यात्राका रूपमा मात्र नलिई, यसलाई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको प्रधानमन्त्री वालेनले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट