Techie IT
२०८३ श्रावण १८, सोमबार

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै


वासना थापा, नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक

नेपाली कांग्रेसले आज दिउँसो ३:३० बजेका लागि संसदीय दलको बैठक आह्वान गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र संसद्मा पार्टीको भूमिकाका विषयमा छलफल हुनेछ। 
मुख्य गरी मंगलबार बस्ने प्रतिनिधि सभा बैठक र आजैका लागि आह्वान गरिएको राष्ट्रिय सभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पार्टीले आवश्यक रणनीति बनाउने तयारी गरेको छ। 

साथै, बैठकमा पार्टीका अन्य आन्तरिक एवं समसामयिक सार्वजनिक चासोका विषयहरूमा पनि छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट