चर्चित चेक अनादर मुद्दाका फरार प्रतिवादी चाबहिलबाट पक्राउ
चेक अनादर (banking fraud) मुद्दामा अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-७ चाबहिल बस्दै आएका ४७ वर्षीय अमिर कुमार श्रेष्ठलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत काठमाडौंको २०८१ जेठ १६ गतेको फैसलाले उनलाई उक्त मुद्दामा १ वर्ष कैद सजाय सुनाएको थियो। फैसलालगत्तै फरार भएका श्रेष्ठ लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई चाबहिल क्षेत्रबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई कैद भुक्तान तथा आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस