Techie IT
२०८३ श्रावण ९, शनिबार

रविलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

१० दिनमध्ये पाँच दिन तिहार विदामा कटौती भईसकेको छ । लामिछाने अब अझै पाँच दिन हिरासतमा रहनुपर्नेछ ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको हो। १० दिनमध्ये पाँच दिन तिहार विदामा कटौती भईसकेको छ । यसरी, लामिछाने अब अझै पाँच दिन हिरासतमा रहनुपर्नेछ ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार मंगलबार अदालतले तेस्रो पटक म्याद थप अनुमति प्रदान गरेको हो। यसअघि सुरुमा ६ दिन र त्यसपछि ७ दिनको म्याद थप गरिएको थियो।

लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कास्कीमा ल्याइएको थियो। उनलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको ऋण प्रकरणमा ठगीको अभियोगमा अनुसन्धान गर्न हिरासतमा राखिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले कास्की अदालतमा म्याद थप गर्न अनुरोध गरेको थियो, जसलाई अदालतले स्वीकृत गरेको छ।

यस म्याद थपसँगै लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले अझै केही समय पाएको छ। उनलाई तेस्रो पटक हिरासतमा राख्न अनुमति दिइएसँगै प्रहरीको अनुसन्धान प्रक्रिया अघि बढ्ने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट