रास्वपा केन्द्रीय समितिको बैठक भोलि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा पार्टीका विभिन्न एजेण्डामा महत्त्वपूर्ण विषयमा छलफल गर्नेछ।
बैठक भोलि शनिबार बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा आयोजना हुनेछ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा आगामी मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनको तयारी, समसामयिक राजनीतिक गतिविधि, र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुनेछ।
रास्वपाले आगामी निर्वाचनका लागि रणनीति तय गर्दै आफ्नो सांगठनिक शक्ति विस्तारमा जोड दिने योजना बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस