Techie IT
२०८३ श्रावण ९, शनिबार

गणेशमान सिंहको प्रेरणाबाट निष्ठाको राजनीतिमा जोड दिऔँ: ध्रुव वाग्ले


नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न लौहपुरुष गणेशमान सिंहबाट प्रेरणा लिनुपर्नेमा जोड दिएका छन्। गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–२ स्थित गणेशमान पार्कमा आयोजित कार्यक्रममा वाग्लेले सिंहले देशका लागि पुर्‍याएको योगदान सधैं अमर रहने बताएका थिए ।

वाग्लेले गणेशमान सिंहले सम्पन्न परिवारमा जन्मिएर पनि निजी सुख त्यागेर देश र जनताको पक्षमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। उनले पार्टीभित्र एकताको खाँचो औँल्याउँदै पार्टीलाई बलियो बनाउने आवश्यकता रहेको बताएका छन्।

कार्यक्रममा पार्टी जिल्ला सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले पनि गणेशमान सिंहबाट प्रेरणा लिएर पार्टी एकता र निष्ठाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट