अखिल (क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला अध्यक्षमा प्रदिप भण्डारी
थपिएको जिम्मेवारीले इमान्दारीताका साथ संगठनको हितमा लाग्न थप बल पुगेको र विद्यार्थीको हक हितका लागि लडिरहन उर्जा मिलेको निर्वाचित भण्डारीले बताए ।
अखिल क्रान्तिकारीको २३ औं सम्मेलन असोज १० गते देखि १४ गते सम्म काठमाण्डौंमा हुँदै छ । सम्मेलन नजिकिदैं जाँदा जिल्ला, क्याम्पस र प्रदेशहरुको सम्मेलन पनि पुरा भएका छन् । अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरेर २३ औं सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।
यसैक्रममा, अखिल क्रान्तिकारी अखिल (क्रान्तिकारी) काठमाडौ क्याम्पस जिल्ला समितिको २५ औ सम्मेलनबाट प्रदिप भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । हाल क्रान्तिकारीको केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेका भण्डारी विद्यार्थीमा लोकप्रिय र खरो स्वभाव भएका नेता हुन् । केहि समय अगाडी भण्डारीको नेतृत्वमा त्रिभुवन विश्वविध्यालय परिक्षा शाखामा रातभर आमरण अन्सन बसेर आन्दोलन गर्दे विद्यार्थीको परिक्षा प्रकाशन समयमै गराउनुपर्ने, कुनै प्रमाणपत्र बिग्रेर नयाँ बनाउनु परे पुनः शुल्क नलाग्ने लगायतमा मागहरु पुरा गराएका थिए ।
थपिएको जिम्मेवारीले इमान्दारीताका साथ संगठनको हितमा लाग्न थप बल पुगेको र विद्यार्थीको हक हितका लागि लडिरहन उर्जा मिलेको निर्वाचित भण्डारीले बताए । सम्मेलन बाट निम्न पदाधिकारीको टिम निर्वाचित भएको थियो ।
अध्यक्ष :- प्रदिप भण्डारी ( त्रिचन्द्र क्याम्पस )
उपाध्यक्ष :-सबिन अधिकारी ( शंकरदेव क्याम्पस )
- प्रबिन मल्ल ठकुरी ( महेन्द्र रत्न क्याम्पस )
:- रबिकृष्ण श्रेष्ठ ( अमृत साइन्स क्याम्पस
:- अनिशा राई (पद्द्मकन्या क्याम्पस )
सचिब :- सुरक्षा पहरी ( नेपाल ल क्याम्पस )
सहसचिव :- जगत बुढा महेन्द्र रत्न क्याम्पस )
:-सेर्पा दोर्जी गोले ( बिश्वभाषा क्याम्पस )
:- अनिल कुमार भुल (नेपाल कमर्स क्याम्पस )
:- रन्जु सेजुवाल (बानेश्वर बहुमुखी क्याम्पस )
कोषाध्यक्ष :- सागर पराजुली (कोटेश्वर बहुमुखी क्याम्पस )




तपाईको प्रतिक्रिया दिनुहोस