वैशाख १८ गते वाइसियल बझाङको जिल्ला सम्मेलन हुँदै

बझाङ — नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियल नेपाल (YCL) बझाङ जिल्ला समितिको सम्मेलन यही वैशाख १८ गते झोतामा हुने भएको छ । सम्मेलन “उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन! सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादका पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन!!” भन्ने मूल नाराका साथ आयोजना गरिँदैछ ।
यो सम्मेलन वाइसियल नेपालको जेठ १७ देखि १९ गते काठमाडौँमा हुने तेस्रो राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा हुन लागेको हो । केन्द्रले सबै जिल्लाहरूको सम्मेलन राष्ट्रिय सम्मेलनअघि सम्पन्न गर्न निर्देशन दिएको छ । त्यसअनुसार बझाङ जिल्ला सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा वाइसियलका केन्द्रीय नेताहरू, सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारीहरूको सहभागिता रहने छ । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको वाइसियल बझाङ जिल्ला समन्वय समिति संयोजक प्रेम धामीले रैवारप्रेसलाई जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस