वाईसीएल नेपाल बागमती प्रदेश समितिको सम्मेलन जेठ ५ र ६ गते भक्तपुरमा

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल (यङ कम्युनिष्ट लिग) नेपाल बागमती प्रदेश समितिको बहुप्रतीक्षित सम्मेलन आगामी जेठ ५ र ६ गते हुने भएको छ ।
सम्मेलन भक्तपुरमा आयोजना हुने तय भएको छ, जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
सम्मेलनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र रूपमा अघि बढिरहेको बागमती प्रदेश प्रचारप्रसार विभाग प्रमुख दीपक न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार, बागमती प्रदेशका १३ वटै जिल्लाका ११९ स्थानीय तहबाट सयौं प्रतिनिधि, परिवेक्षक र स्वयंसेवकहरूको सहभागिता रहनेछ।
यसैबीच, वाईसीएल नेपाल केन्द्रको तेस्रो राष्ट्रिय सम्मेलन पनि यही महिनाको जेठ १७, १८ र १९ गतेका लागि तय गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस