Techie IT
२०८२ वैशाख २५, बिहीबार

पेन किलरकै कारण मिर्गौला फेल भयो : प्रधानमन्त्री ओली


प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण खुलाएका छन् । आज काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले दीर्घकालीन पेन किलरको प्रयोग नै मिर्गौला फेल हुनुको मुख्य कारण भएको बताएका हुन् ।

ओलीले आफ्नो विगतको स्वास्थ्य समस्याको स्मरण गर्दै भने, "मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो, त्यसपछि अल्सर भयो। पेटभित्र घाउ भएर असह्य पीडा हुन्थ्यो, रगत आउँथ्यो। यस्तो पीडामा पेन किलर दिन्थे। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?"

उनका अनुसार, तागतिलो खाना र नियमित औषधिको अभावले रोग चर्किँदै गयो र अन्ततः मिर्गौला नै काम गर्न छाड्यो। "मेरो मिर्गौला फेल हुनुको मूल कारण नै पेन किलर हो," उनले भने।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि ओलीको दुई पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । पछिल्लोपटक सन् २०२० मा दोस्रोपटक प्रत्यारोपण गरिएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट