माओवादी केन्द्र बझाङ्गको संयोजकमा रतन सिंह
नेकपा माओवादी केन्द्र बझाङ्गको जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारीमा रनत बहादुर सिंह “सुरज” ले पाएका छन् । दश वर्षिय जनयुद्ध देखि पार्टीमा आवद्ध नेता सिंह तत्कालिन जनसेनाका कमाण्डरको भुमिकामा थिए ।
नेकपा माओवादी केन्द्र निकट युवा संगठन Y.C.L नेपालको केन्द्रिय उपाध्यक्ष सम्मको भुमिका निभाइसकेकेा सिंह जिल्लामा कार्यकर्ताहरुका बिच प्रिय नेताका रुपमा चिनिन्छन् । हाल जिल्लाको जयपृथ्वी नगर पालिकाको उप प्रमुख रहेका सिंह जनताको बिचमा सरल र सहज व्यवहारका कारणले सबैले मन पराउने गरेको पाइन्छ ।
नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समितिको असोज ८ र ९ गते १२ गते धनगढीमा बसेको प्रदेश कमिटीको ५ औं पूर्ण बैठकले बझाङ्गको संयोजकको जिम्मेवारी तोकेको हो ।
त्यसैगरी, बझाङ्ग जिल्लाको माओवादी केन्द्रको सचिवमा युवा नेता दिल बहादुर थापा “तुफान” लाई बनाउनु पर्ने कार्यकर्ताहरुको माग रहेको छ । थापा युवाहरुको विचमा निकै परिचित नेता हुन् । सचिवको जिम्मेवारीका विषयमा जिल्लामा बैठक बसेर टुङ्गोमा पुग्ने माओवादी केन्द्र बझाङ्गका नेताले बताएका छन् ।
यस अघि माओवादी केन्द्रले सुदुरपश्चिममा ९ वटै जिल्लाका ईञ्चार्जहरु परिवर्तन गरेको थियो । बझाङ्गको इञ्चार्जमा मिन बहादुर कुँवर “विश्वास” रहेका छन् । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य शान्ती नेपालीले युवा नेताहरुले बझाङ्गमा नेतृत्व पाउँदा उचित हुने र पार्टीले गति लिने आशा व्यक्त गरेकि छन् । पार्टीमा नयाँ पुरानो यो या त्यो भन्दा पनि पार्टी लाई गति र चलायमान कस्ले बनाउन सक्छ त्यो प्रधान विषय रहेको नेपालीको भनाई छ ।
नेतृत्वमा युवाहरु नै आउँदा पार्टीमा क्रियासिलता हुने विश्वास नेकपा माओवादी केन्द्रका नेता प्रमानान्द चिमाडी “हलचल” ले लिएका छन् । सक्ने र जनतामा भिज्न सक्ने नेताहरुलाई जिम्मेवारी दिदाँ नै पार्टीको हित हुने उनको विश्वास छ ।
जिल्लाको नेतृत्वमा युवाहरु आउँदा युवा विद्यार्थीहरु लाई परिचालन गर्न सहज हुने बुझाई नेकपा माओवादी केन्द्र निकट Y.C.L. नेपाल बझाङ्गका संयोजक प्रेम बहादुर धामीको छ ।
असोज १२ गते नेकपा माओवादी केन्द्र प्रदेश समितिले गरेको सर्कुलरमा विभिन्न नेताहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस