Techie IT
२०८३ असोज २८, बुधबार

उडुसको आतंकपछि एयरलाइन्सको उडान रद्द, यात्रुहरूको बिचल्ली


विमानमा उडुसले टोकेको र सामानमै उडुस हिँडेको गुनासो आएपछि अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्सले रोमबाट पर्थका लागि तय गरिएको उडान रद्द गरेको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएन र अस्ट्रेलियाली सञ्चार माध्यम ९ न्युजका अनुसार अक्टोबर ९ मा पर्थबाट रोम गएको ‘क्यूएफ ५’ उडानका इकोनोमी क्लासका यात्रुहरूले विमानभित्र उडुस देखिएको गुनासो गरेका थिए। पीडित यात्रु हेेली ब्याग्नालले ९ न्युजसँग कुरा गर्दै उडुसहरू आफ्ना कपडा, सामान, एयरलाइन्सका कम्बल तथा खिड़कीमा समेत सरिरहेको बताएकी थिइन्।

उक्त घटनापछि शनिबार रोमबाट पर्थ फर्कने निर्धारित उडान रद्द गर्नुपरेको एयरलाइन्सले जनाएको छ। विमानमा विस्तृत सरसफाइ (डिप क्लिन) तथा प्राविधिक जाँच गर्नुपर्ने भएकाले उडान रद्द गरिएको कम्पनीको भनाइ छ। एयरलाइन्सले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ। साथै, उडान रद्द भएपछि अलपत्र परेका यात्रुहरूलाई होटलमा बस्ने व्यवस्था मिलाउनुका साथै वैकल्पिक उडानमार्फत गन्तव्यतर्फ पठाउने प्रबन्ध गरिएको कम्पनीले जनाएको छ।

के हुन् उडुस?
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार उडुस साना, चप्टा र रातो–खैरो रङका कीरा हुन्। यिनीहरूले मानिसको रगत चुस्छन् र प्रायः राति टोक्छन्। यिनीहरूको टोकाइले छाला चिलाउने र लामखुट्टेले टोकजस्तै सुन्निने समस्या हुन्छ। उडुसहरू ओछ्यान मात्र नभई सुटकेस, कपडा, ओछ्यानका सामग्री र फर्निचरका खापामा लुकेर एक ठाउँबाट अर्को ठाउँमा सहजै फैलिन सक्ने भएकाले यात्राका क्रममा सचेत हुनुपर्ने सीडीडीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट