Techie IT
२०८२ जेष्ठ ११, आइतबार

युवा संघको नयाँ नेतृत्व छान्न चुनाव हुदैँ


नेकपा (एमाले) निकट भातृ संगठन युवा संघ नेपालले नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी थालेको छ । संघको दसौं महाधिवेशनको क्रममा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार प्रतिनिधिहरूको नामावली सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया तीव्र बनाइएको हो । मतदानका लागि ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन पोखरा पुर्‍याइएको छ ।

थेबेले विगतमा महासचिवको भूमिका निर्वाह गर्दै नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल तथा पूर्वअध्यक्ष महेश बस्नेतको समर्थन छ ।

त्यसैगरी अध्यक्ष पदका अर्का दावेदार सुमन पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह तथा नेता विनोद ढकालले समर्थन जनाएका छन् । पुरी यसअघि उपाध्यक्ष र महासचिव भएर कार्य गर्दै आएका थिए ।

संघका इञ्चार्ज राजीव पहारीले सहमतिमार्फत नेतृत्व चयनको प्रयास जारी रहेको जानकारी दिएका छन् । “हामी सहमतिमा पुग्ने प्रयासमा छौं, नपुगे निर्वाचनको प्रक्रिया अघि बढ्छ,” पहारीले भने।

अहिलेसम्म उम्मेदवारी दर्ता सुरु नभए पनि प्रतिनिधिहरूको टुंगो लागिसकेको छ । युवा संघमा रहेका चार आयोगहरु निर्वाचन, अनुशासन, लेखा र युवा विज्ञ परिषद्को प्रतिनिधित्वमा विवाद रहेको छ । केही सदस्यले शपथ नखाएका कारण उनीहरूको प्रतिनिधित्वबारे अन्तिम निर्णय हुन बाँकी छ ।

दसौं महाधिवेशनमा सहभागी हुन देशभरका पालिका, जिल्ला र प्रदेशस्तरबाट १,८३६ जना प्रतिनिधि पोखरामा जम्मा भएका छन्। महाधिवेशन आइतबारसम्म सम्पन्न गर्ने कार्यतालिका छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट