Techie IT
२०८२ जेष्ठ ११, आइतबार

ओलीको कडा प्रहार : "दुईतिहाइको पार्टी चक्नाचुर पार्नेहरूसँग वाम एकता असम्भव"


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइको बहुमतसहित सत्तामा रहेको कम्युनिस्ट पार्टीलाई चक्नाचुर पार्नेहरू र कांग्रेससँग गठबन्धन गर्न जानेहरूसँग वाम एकता हुन नसक्ने स्पष्ट पारेका छन् ।

बागमती प्रदेशस्तरीय वडाध्यक्ष प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केही नेताहरूले वाम एकताको कुरा गरिरहे पनि त्यसको व्यवहारिक सम्भावना नरहेको बताए । “दुईतिहाइको कम्युनिस्ट पार्टीलाई ध्वस्त पारेर कांग्रेससँग बिन्तीपत्र चढाउन जानेहरूसँग के को वाम एकता ?” ओलीले प्रश्न गरे ।

उनले पार्टीलाई कमजोर बनाउने, टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुर्‍याउने र "भित्तामा पुर्‍याउँछु" भन्ने अभिव्यक्ति दिनेहरूलाई समावेश गरेर वाम एकता असम्भव हुने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै उनले अफवाह फैलाउने नेतृत्वसँग पनि आफू सहमत नभएको प्रस्ट पारे।

“केपी ओलीको कम्बोडियामा लगानी छ भनेर अफवाह फैलाउने प्रचण्ड हुन्। अफवाह फैलाउनेहरूसँग, एमालेलाई धुलो चटाउने भनिरहेका पात्रहरूसँग के को वाम एकता?” भन्दै ओलीले प्रचण्ड नेतृत्वमाथि कटाक्ष गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट