बाढी-पहिरो पीडितका परिवारले २ लाख रुपैयाँ राहत पाउने
सरकारले हालैको बाढी र पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई राहत स्वरूप जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधिअनुसार पीडित परिवारलाई उक्त राहत रकम वितरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
यो निर्णयसँगै बाढी, पहिरो र डुबानबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहायता प्रदान गरिनेछ, जसले उनीहरूको पुनर्स्थापनामा केही राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, बैठकले बाढी-पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। यो अवधिमा देशभरका सरकारी कार्यालय र सार्वजनिक स्थलहरूमा राष्ट्रिय झन्डा झुकाइनेछ।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका भ्रमणको ब्रिफिङ गर्दै भ्रमण सफल र फलदायी भएको जनाएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस