Techie IT
२०८२ भाद्र ३१, मंगलबार

०४६ सालपछि सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गरौं – गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सत्तामा आएको समयदेखि जिम्मेवारीमा बसेका नेताहरूको सम्पत्ति छानबिन गर्नका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने बताएका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा–काठमाडौं सम्पर्क समितिले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अबको पुस्ताले विश्वास गर्ने अवस्था सिर्जना गर्न कांग्रेस स्वयंले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे।

"पार्टीबाट प्रस्ताव पारित गरेर २०४६ सालपछि कांग्रेस सत्तामा आएपछि वडादेखि केन्द्रसम्म जिम्मेवारी सम्हालेका हाम्रा सबैको सम्पत्तिको छानबिन गरौं", थापाले भने, “देशले पत्याउने, कुनै दलको भागबन्डामा नपरेको निष्पक्ष मान्छेलाई आयोगमा राखेर छानबिन गराउँ।”

थापाले कुनै पनि दलसँग संलग्न नभएका व्यक्तिलाई आयोगमा राखेर निष्पक्ष छानबिन सम्भव हुने विश्वास व्यक्त गरे। उनले भने, “हामी जो जो पर्‍छौं नेता, नाता, परिवार — सबैको छानबिन गर्न दिऔं। हामी आँट गर्‍यौं भने मात्रै अबको पुस्ताले हाम्रो कुरा सुन्छ।”

थापाले अबको निर्वाचनमा निर्णायक शक्ति नयाँ पुस्ता हुने भन्दै उनीहरूको भावना बुझ्न नसके कांग्रेस पछाडि पर्ने चेतावनी दिएका छन्। "नयाँ पुस्ताले नयाँ नेतृत्व र दृष्टिकोण खोजिरहेको छ। उनीहरूलाई सम्बोधन नगरेसम्म हामी उनीहरूबिच प्रस्तुत हुन सक्दैनौं", थापाले स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट