Techie IT
२०८२ असार १४, शनिबार

धानमन्त्रीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी


 प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने आफ्नो स्पेन भ्रमणबारे सङ्घीय संसद्लाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा जान लागेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले आज असार १४ गते साँझ ६ बजे दोहा हुँदै स्पेनको यात्रा गर्न लागिएको बताएका थिए । प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा यही असार १५ गते बिहान पुग्ने तालिका छ । भ्रमण दलमा २१ सदस्य हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नेपालको राष्ट्रिय हित प्रतिविम्बित गराउन आफूले भूमिका निर्वाह गर्ने बताए ।

स्पेनको सेभिया सहरमा आयोजना हुने अन्तरराष्ट्रिय सम्मेलन एक दशकमा एकपटक आयोजना गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभामा जस्तै यस सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणको दोस्रो दिन, यही असार १५ गते दिउँसो करिब ४ बजे स्पेनको सेभियामा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

उक्त दिन साँझ ५ बजे प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच भेटवार्ता हुनेछ । असार १५ नै प्रधानमन्त्री ओली स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट