Techie IT
२०८२ असार २३, सोमबार

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पुनः बस्दै


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पुनः बस्दैछ । आइतबारदेखि जारी बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएपछि बैठक आजका लागि सारिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाको गतिविधि, वामपन्थी एकता लगायत विषयमा विस्तृत छलफल गरिएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दा, संसदीय दलको नेताको वैकल्पिक नेतृत्व, तथा पार्टी नेतृत्वसँग जोडिएका कानुनी र व्यावहारिक पक्षहरू बैठकको मुख्य एजेण्डा रहेका छन् ।

यस्तै, पार्टी नेतृ रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल भएको बताइएको छ । बैठकमा पार्टी निकट जनवर्गीय संगठनहरूको कार्यप्रगति, आन्तरिक विवादहरूको समाधान, विभागीय संरचना पूर्णता तथा नेताहरूको जिम्मेवारी पुनः निर्धारणका विषयमा पनि छलफल गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट