Techie IT
२०८२ असार २७, शुक्रबार

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकले आगामी दिनमा विपद्को जोखिम आकलन गरी पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठकले आगामी साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको उनले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट