Techie IT
२०८२ भाद्र २९, आइतबार

व्यवस्था बदल्न आन्दोलनको विकल्प छैनः अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउनेगरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । झापाको धुलाबारीमा आज राप्रपा मेचीनगरको पाँचौँ नगर अधिवेशनमा उहाँले पार्टी निर्माणमा योगदान गर्न नसक्नेहरू आफैँ किनारा लाग्ने बताए ।

“पार्टीलाई देशकै ठूलो बनाउनु छ । त्यसका लागि सबैले प्रयास गरौँ । यसमा योगदान नगर्ने र विचार नमिल्नेहरू आफ्नो बाटो लाग्दा हुन्छ”, उनले भने,“भ्रष्टाचार र प्रलोभनमा नपर्ने र विचार मिल्नेहरू मात्र पार्टीभित्र रहन्छन् ।”

अध्यक्ष लिङ्देनले भ्रष्टाचारमा लागेका सबै दलका नेताहरूका फाइल खोलेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुदृढीकरणमा उजुरी दिइएको पनि बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य खुश्बु ओलीले २०४६ सालपछिका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिएका थिए । उनले सही पार्टी र सही नेतृत्व भए १० वर्षमा देश बन्ने धारणा राखेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, धर्म, सांस्कृतिक विभाग कोशी प्रदेशका अध्यक्ष ध्रुव शिवाकोटी, झापा अध्यक्ष केशवकुमार ओझालगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले चन्द्र निरौलाको नेतृत्वमा आगामी चारवर्षे कार्यकालका २१ सदस्यीय नगर समिति चयन गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट